काठमाडौं, १० जेठ। भूमी व्यवस्था, सहकारी एवं गरीबी निवारण मन्त्री पद्मा अर्यालले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको नयाँ नक्सा हस्तान्तरण गरेकी छन्। शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर मन्त्री अर्यालसहितको टोलीले प्रचण्डलाई नक्सा हस्तान्तरण गरेका हुन्।
कालापानी, लिम्पुयाधुरासहित नेपालले अक्रिमण गरेको भूभागसहितको नक्सा नेपालले सार्वजनिक गरेको छ। सो अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खट्ने मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका थिए।
मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पखाईमा रहेको जानकारी गराएकी छन्। सो अवसरमा मन्त्रालयका सचिव, नापी विभागका महानिर्देशक, उपमहानिर्देशक लगायतको उपस्थिति रहेको थियो।



लोकपाटी न्यूज

