थप ९ मा कोरोना संक्रमित, संक्रमितको संख्या ५१६ पुग्यो

लोकपाटी न्यूज

काठमाडौं, ९ जेठ। काठमाडौं– शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ।थप ९ सँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुर, सप्तरी र भक्तपुरमा १र१ जना छन् भने बारामा ६ जनामा संक्रमण देखिएको हो।यसमध्ये सात पुरूष र दुई महिला हुन्।कुल संख्यामा ७० जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् भन् तीनजनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्