गस्तीबाट फर्कंदै गरेका असईको बाटोमै मृत्यु

nepal-police
लोकपाटी न्यूज

ताप्लेजुङ, ८ जेठ। ताप्लेजुङमा गस्तीबाट फर्कंदै गरेका असईको बाटोमै मृत्यु भएको छ। झगडा मिलाएर फर्कने क्रममा प्रहरी सहायक निरीक्षक (असई) को बाटोमै मृत्यु भएको हो।

सिरिजंघा गाउँपालिका ६ खेवाङस्थित प्रहरी चौकीका इञ्चार्जसमेत रहेका असई बालकुमार राई गस्तीबाट फर्किने क्रममा बेहोस भएका र उनको मृत्यु भएको ताप्लेजुङका डीएसपी महेन्द्र कुमार श्रेष्ठले बताए।

सिरिजंघा गाउँपालिका ५ शुरुम्बखिममा स्थानीयको झगडा मिलाउन गएका उनी फर्किंदै गर्दा याम्फुदिनमा बेहोस भएका थिए। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्