करेन्ट लागेर तीन जनाको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

लहान, ८ जेठ। सप्तरीमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। जिल्लाको बोदे बरसाइन नगरपालिकामा करेन्ट लागेर बिहीबार एक जनाको मृत्यु भएको छ भने मंगलबार र बुधबार पनि डाक्नेश्वरी तथा खडक नगरपालिकामा दुई जनाको करेन्ट लागेर मृत्यु भएको थियो।

होल्डरमा बत्ती लगाउने क्रममा वडा नम्बर ९ की ४० वर्षीया मिरकुन सदायको करेन्ट लागेर मृत्यु भएको हो।
करेन्ट लागेर गम्भीर घाइते भएकी सदायको उपचारको लागि बोदे बरसाइन बजारस्थित जिवन दिप हस्पिटल ल्याउने क्रममा मृत्यु भएको परिवारजनले जनाएको छ।  डाक्नेश्वरी १० मा ३५ वर्षीय रन्जित कुमार साह र खडक ३ मा २२ वर्षीया बबिता कुमारी मण्डलको करेन्ट लागेर मृत्यु भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्