काठमाडौं, ८ जेठ। २४ घण्टामा संक्रमितको संख्या अहिलेसम्मकै सर्वा्धिक रहेको छ। एकै दिन अहलेसम्मकै धेरै कोरोना भाइरसका संक्रमित भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले महामारी नियन्त्रणमा आउन धेरै समय लाग्ने चेतावनी दिएको छ।
विश्वमा बुधबार एकै दिन अहिलेसम्मकै धेरै एक लाख ६ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि डब्ल्युएचओले महामारी तत्काल नियन्त्रणमा आउन नसक्ने जनाएको हो। बुधबारको पत्रकार सम्मेलनमा डब्ल्युएचओका प्रमूख डा.टेडरोज आध्यनोम गेब्रेयेसोसले पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशहरुमा संक्रमण बढ्दै गएकोमा चिन्ता जनाएका छन् ।
विश्वमा संक्रमितको वास्तविक संख्या अहिले बाहिर आएको भन्दा धेरै हुन सक्ने समेत उनले बताएका छन् । धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमण पुष्टि हुनेको संख्या बढ्न सक्ने उनले बताएका छन्।डब्ल्युएचओका अनुसार अहिलेसम्म ४८ लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ लाख १९ हजार हाराहारी मानिसको मृत्यु भएको छ। तर कोरोना भाइरसकै सूचना अद्यावधिक गरिरहेका कतिपय साइटहरूले भने मृतकको संख्या ३ लाख २९ हजारभन्दा बढी र संक्रमितको संख्या ५१ लाख हाराहारी पुगेको तथ्यांक सार्वजनिक गरेका छन्।



लोकपाटी न्यूज

