सिग्देलको अध्यक्षतामा रिजन २७ को भर्चुअल बैठक सम्पन्न

meeting
लोकपाटी न्यूज

काठमाडौं, ६ जेठ । दी इन्टरनेश्नल एसोसिएसन अफ लायन्स क्लब (लायन्स क्लब इन्टरनेश्नल) डिष्ट्रीक ३२५ ए १ रिजन २७ को भर्चुअल टेक्नोलोजीमार्फत् बैठक सम्पन्न भएको छ। उक्त बैठक रिजन चेयरपर्शन एम जे एफ लायन मधु सुधन सिग्देलको अध्यक्षतामा सम्पन्न भएको हो।

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस (कोबिड(१९) को विषम परिस्थितिको कारण मुलुक अहिले बन्दाबन्दी (लकडाउन) मा छ। उक्त चुनौतिको बाबजुत पनि डिष्ट्रीक ३२५ ए १ रिजन २७ ले वर्तमान परिस्थितिको बारेमा विविध विषयसँग सम्वन्धित भएर छलफल सम्पन्न गरेको हो। उक्त बैठकमा डिष्ट्रीक गभर्नर एम जे एफ लायन राजन खत्री, आईपीडीजी एम जे एफ लायन अनन्त प्रसाद भेटुवाल, नवनिर्वा्चित डिष्ट्रीक गभर्नर एम जे एफ लायन टङ्क बहादुर श्रेष्ठ, नवनिर्वा्चित पहिलो भिडिजी एम जे एफ लायन रेवत बहादुर कार्की, चीफ एओजी एम जे एफ लायन कर्मा गुरुङ, जीएसटी डिष्ट्रीक कोर्डिनेटर एम जे एफ लायन रमेश लामा, एरिया चिफ (७ नम्बर) एम जे एफ लायन शोभा गुरुङ, एरिया कोर्डिनेटर एम जे एफ लायन हरि कृष्ण डंगोल र चिफ ब्लड सर्भिस एम जे एफ लायन श्याम कुमार यादव को उपस्थिती रहेको थियो।

कार्यक्रममा जोन चेयर्पर्सन एम जे एफ लायन सञ्जु गुरुङ र अर्का जोन चेयर पर्सन लायन बाबुराम रसाइलीले लायन वर्ष २०१९/२०२० को आफ्नो कार्यकालमा भएका प्रमूख विषयको समष्टिगत रुपमा रिपोर्टिङ प्रस्तुत गरेका थिए। कार्यक्रममा आ-आफ्नो जिम्मेवारी जस्तोसुकै कठिन परिस्थितिमा पनि पूरा गर्ने र मानवीय सेवाप्रती अति क्रियाशिल भएर कोरोना भाइरस (कोबिड- १९) विरुद्ध एक जुट भएर लड्ने दृढ अठोट समेत प्रस्तुत गरिएको थियो। लायतिव वर्षलाई सफल पार्नका लागि सबैले साथ दिएको, जसले गर्दा शिक्षा र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यक्रमहरु लक्षित समुदायमा पुयाएको कुरा रिजन चेयर पर्शन एवम् बैठका अध्यक्ष एम जे एफ लायन मधु सुधन सिग्देलले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्