थप २७ जनामा कोरोना संक्रमण पुष्टि

coronavirus-test-kiti
लोकपाटी न्यूज

काठमाडौं, ६ जेठ। नेपालमा थप २७ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ। मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार उपत्यकामा पाँच जनासहित २७ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो पटक गरिएको परीक्षणमा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ सय २ पुगेको पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। उनीहरु २७ देखि ४२ वर्षका रहेको डा. देवकोटाले जानकारी दिएका छन्। तीमध्ये २४ जना पुरुष र तीन जना महिला छन् । नेपालमा हालसम्म कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ।

३७ जना उपचारपछि निको भएका छन्। डा. देवकोटाले झापाका एक जना संक्रमित आज डिस्चार्ज भएको जानकारी दिए  उनी विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्