पर्वत अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध

pibb
लोकपाटी न्यूज

निर्मल पौडेल/ पर्वत,५ जेठ । पर्वत अस्पतालमा कर्यरत स्वास्थ्यकर्मी र आम नागरिकलाई सुरक्षित गर्न तथा सुरक्षा संवेदनशिलताको महशुस गरी जागृति बाल तथा युवा सरोकार नेपाल तथा क्यानालान स्विटजरल्याण्डले स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। संस्थाले कोरोना भाइरसको संक्रमणले थप त्रास सृजना गरिरहेका बेला अस्पताललाई झण्डै ४ लाख २० हजार बरावरको सामग्री उपलब्ध गरएको हो।

अस्पताललाई सहयोग स्वरुप ४० थान पिपिई (Surgical Gloves), २५ सय थान सर्जिकल ग्लोब्स (Surgical Gloves), ३ हजार थान टप ग्लोब्स (Top Gloves), १ हजार थान सर्जिकल मास्क (Surgical Mask), १ सय थान के एन ९५ मास्क (KN95) , १ सय बोतल सेनिटाईजर (Senitizer) र ५ थान थर्मल गन (Thermal Gun) गरि कुल रु. ४ लाख १५ हजार ७सय ४८ बराबरको सामान उपलब्ध गराएको हो। उक्त सामानहरु जिल्ला समन्वय समिति पर्वतका प्रमूख मनोहर वि. पौडेलले पर्वत अस्पतालका अध्यक्ष गोविन्द पहाडी र मेडिकल सुपरिटेण्डेण्ट डा. शिशिर देवकोटालाई आइतबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन्। सामग्री बुझ्दै अस्पतालको अनुरोधका आधारमा सहयोग जुटाउने सहयोगी संस्थाका अध्यक्ष मानवअधिकार एलाइन्सका केन्द्रीय सदस्य तिलोत्तम पौडेलप्रति अस्पतालको तर्फबाट पहाडीले धन्यवाद व्यक्त गरे।

पहाडीले भने ‛नेपालमा कोरोनाको महामारी अब बल्ल प्रारम्भ हुन लागिरहेको समयमा यो सहयोग हाम्रा लागि अति महत्वपूर्ण हुनेछ र यसलाई अधिकतम परिचालन गरिनेछ। ‘यसैगरी मानवअधिकार एलाइन्सका केन्द्रीय सदस्य तिलोत्तम पौडेलले कोरोना भाइरसबाट बच्न तथा हुनसक्ने जोखिमको सजकताका लागि अस्पतालको अनुरोधमा स्वास्थ्य सामग्री उपलब्ध गराएको बताए। पौडेलले पहिलो चरणमा अहिलेको अस्पतालको माग अनुसार उक्त सामग्री उपलब्ध गराएको र आउने दिन हरुमा पनि आवश्यक सहयोग गर्ने बताए। कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमूख मनोहर वि. पौडेलले सहयोगी संस्थाले सामाजिक उत्तरदायित्व बहन गरी सहयोग गर्नु निकै सह्रानिय भएको भन्दै अन्य संस्थाहरुले पनि सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्