काठमाडौं, ५ जेठ। कालिमाटी तरकारी बजारमा गरिएको कोरोना भाइरसको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ। जेठ १ गते झण्डै ६ सय १ जनामा आरडीटी र पीसीआर परीक्षण गरिएकोमा दुई जनाको आरडिटी परीक्षण पोजेटिभ आएको थियो। आरडीटी पोजिटिभ आउनेमा एक जना भरिया र एक जना सवारी चालक थिए। उनीहरुलाई टेकु अस्पतालको आइसोलेशमा राखिएको थियो।
काठमाडौं महानगरपालिकाले कालिमाटी तरकारी बजारमा काम गर्ने व्यापारी, भरिया, सवारी चालक, सरसफाई कर्मचारीहरु सबैको कोरोना परीक्षण गराएको थियो। बिहीबार गरिएको आरडीटी र पीसीआर परीक्षणको नजिता आइतबार साँझ आएको हो । जसमा सबैको नतिजा नेगेटिभ आएको छ। परीक्षण गरिएका सबैमा टेस्ट नेगेटिभ आएपछि कालिमाटी तरकारी बजार पूर्ण रुपमा सञ्चालनमा आइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।



लोकपाटी न्यूज