थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो

coronavirus_blood_test
लोकपाटी न्यूज

काठमाडौं, ५ जेठ। थप ९ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योे संगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ। संक्रमितहरु रौतहटको इसानाथ नपा—२,३,६ र ९ बस्ने बर्ष २१, २१, २३,२५,२५, २९,३० पुरुषहरु र रौतहट माधवनारायण नपा ३ बस्ने २८ बर्षिया महिला र बारा करैयामाई ५ बस्ने ३८ बर्षिया पुरुष भएको मन्त्रालयले बताएको छ । उनिहरुको स्वास्थ अवस्था सामान्य भएको र उनिहरु स्वास्थकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्