विरामी लिन हिडेको एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक वेपत्ता

accident
लोकपाटी न्यूज

काठमाडौं, ४ जेठ। विरामी लिन म्याग्दीको बेनितर्फ आउदै गरेको एम्बुलेन्स दुर्घटना भएको छ। मुस्ताङको थासाङ गाउँपालिकाबाट विरामी लिन म्याग्दी आएको उत्त एम्बसलेन्स दिउँसो म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीको रिठेबोटमा दुर्घटना भएको हो। मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रको ग १ झ ३११ नम्बर एम्बुलेन्स दुर्घटनामा परी कालिगण्डकी  नदीमा खसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ।

‘एम्बुलेन्समा चालक मात्र आएको भन्ने खुलेको छ’ प्रहरीका अनुसार, ‘अहिले घटनास्थलमा शसस्त्र र जनपद प्रहरीले खोजी जारी राखेको छ ।’ चालक मुस्ताङको थासाङ गाउँपालिका४ झिप्रा देउरालीका सुजन विक रहेको बुझिएको छ । उनी लेते प्राथमिक स्वास्थ्य केन्द्रका एम्बुलेन्स चालक हुन् ।दुर्घटनाग्रस्त एम्बुलेन्सका चालक सुजन विक बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्