सामाजिक सञ्जालमा कोरोना संक्रमित र मृतकको परिचय खुल्ने विवरण नदिन आग्रह

press_council_nepal_
लोकपाटी न्यूज

काठमाडौं, ४ जेठ। कोरोनाबाट संक्रमित तथा मृत्यु भएका व्यक्तिहरुको पहिचान खुल्ने तस्विर तथा अन्य विवरण सार्वजनिक नगर्न प्रेस काउन्सिल नेपालले निर्देशन दिएको छ। शनिबार कोरोनाका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी एक महिलाको तस्वीर र अन्य व्यक्तिगत विवरण सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि काउन्सिलले ध्यानाकर्षण गराएको हो।

काउन्सिलले भनेको छ, ‘पत्रकार आचारसंहिताभित्र रहेर गरिएका गतिविधिमा कुनै मानवीय त्रुटि हुन गएमा सच्याउने विधि र प्रक्रिया छन्। आफैं नियम कानुनको परिधिभि नरही गैह्रै पेशागत र गैह्रैकानुनी हर्कत गर्दाको हकमा आइपर्ने समस्याको जिम्मेवारी स्वयंले लिनुपर्ने व्यहोरा दुःखका साथ अवगत गराउन बाध्य भएका छौं।’

काउन्सिलले भनेको छ, ‘वैयक्तिक गोपनियताको प्रतिकुल हुनुका साथै मानवीय समवेदना खल्बलिने र प्रभावित व्यक्तिलाई थप पीडा पुग्ने हुँदा आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तालाई थप सावधानी अपनाउनतर्फ ध्यानाकर्षण गराउन चाहन्छौं।’

त्यस्तै काउन्सिलले पत्रकारितासम्बन्धी कार्य गर्दा आचारसंहिता पूर्ण रुपमा पालना गराउनसमेत आग्रह गरेको छ। युट्ब च्यानलहरुले आचारसंहितालाई उल्लंघन गर्ने क्रम बढेकाले समयमा सचेत हुन र कानूनी कारबाहीमा पर्ने चेतावनी दिएको छ।

council

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्