एकै दिन ५ हजार कोरोना संक्रमित भेटिए

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

नयाँदिल्ली, ४ जेठ। भारतमा आइतबार बिहानसम्म कोरोना भाइरसका संक्रमितको संख्या ९० हजार नाघेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन्। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ५३ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ।

भारतमा कूल २ हजार ८७२ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ। करिब ३४ हजार १०८ जना निको भएर डिस्चार्ज भएका छन्। विगत २४ घण्टाको अवधिमा झण्डै ४ हजार मानिस निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ।

भारतीय राज्य महाराष्ट्रमा ३० हजार ७०६ जनामा कोरोना देखिएको छ भने गुजरात र तामिलनाडूमा क्रमशः १० हजार ९८८ जना र १० हजार ५८५ जना कोरोना संक्रमित भेटिएका छन्। भारतीय राजधानी नयाँदिल्लीमा भने ९ हजार ३३३ जनामा कोरोना पुष्टि भएको छ। एजेन्सी