काठमाडौं, ३ जेठ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चेकी २९ वर्षीय सुत्केरीकोे मृत्युबारे थप अनुसन्धान र विवरणहरु संकलन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। महिलाको मृत्यु भएपछि कोरोना संक्रमण आशंका गरिएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मृत्युको कारण निर्क्यौल भएपछि सम्पूर्ण विवरण सार्वजनिक गरिने जनाएको हो।
उनको कोरोना संक्रमणकै कारण मृत्यु भएको हो वा होइन भन्नेबारे पछि सार्वजनिक गरिने जानकारी दिए। डा देवकोटाकाले भने, ‘हामीले विस्तृत विवरण लिइरहेका छौं। कोभिड-१९ सँग सम्बन्धित थप परीक्षण भइरहेका छन, सम्पूर्ण विवरण प्राप्त भएपछि निर्क्यौल गरेर मन्त्रालयले प्रसारण गर्नेछौं।’
मन्त्रालयको नियमित भिडियो सन्देशमा प्रवक्ता डा. विकास देवकोटाका अनुसार गत वैशाख २३ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी महिला २४ गते सुत्केरी भएर २५ गते डिस्चार्ज भएकी थिइन्।
सिन्धुपाल्चोक घरमा गएपछि ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गरेको र स्थिति जटिल बन्दै जाँदा धुलिखेल अस्पतालमा आउँदै गर्दा ती महिलाको मृत्यु भएको प्रवक्ता देवकोटाले बताए।



लोकपाटी न्यूज

