भारतमा चीनमा भन्दा कोरोना संक्रमित धेरै

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, ३ जेठ। चीनमा भन्दा भारतमा धेरै कोरोना संक्रमित रहेको भएको पुष्टि छ। शनिबार दिउँसोसम्म भारतमा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ।

कोरोना संक्रमण चीनबाट सुरु भएको थियो। तर उसले कडा लकडाउन गरेर स्थिती नियन्त्रणमा लिएको थियो। चीनमा ८२ हजारमा संक्रमण देखिएको छ।

भारतमा २५ मार्चबाट कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन छ। भारतमा हालसम्म कोरोनाका कारण २ हजार ७५२ जनाको मृत्यु भइसकेको छ। चीनमा भने ४ हजार ६०० को मृत्यु भएको छ। चीनमा कोरोनाको संक्रमण नियन्त्रणमा आइसकेको छ भने भारतमा तिव्र गतिमा फैलिरहेको बीबीसीले जनाएको छ ।