टंक जोशीको ‘बुख्याचा शासक’ (कविता)

tanka
लोकपाटी न्यूज

सत्ता भत्ता र पत्ता मा लिप्त शेनानी हरु!
महंगा विदेशी ब्रान्ड का सोखिन,
वीर का कुलङ्गार सन्तान हरु!
घुम्ने कुर्सी मा बिराजमान बुख्याचा हरु!
युवा को रगत पसिना बेचेरेर
आलिसान महलमा टांसिएका किर्ना हरु!
आमा को छाती मा बिदेशी बुट बजारिदा
टोलाइरहेका मतियार हरु!
न बोल्छन देश को आवाज!
नसुन्छन जङ्गे पिल्लर को चीत्कार!

 

जिबित लास का थुप्रा हरु
आफ्नो शिर लाई सगरमाथा ठान्ने
आफ्नो आसन लाई कैलाश संग दाँज्ने
कुलीन व्यवस्था का मसिया हरु!
बालुवाटार र सिंहदरबार मा बांसुरी बजाई
हनुमान नचाउने अहंकारी बाँज हरु!
बिरता र त्याग लाई सत्ताको खेलमा
च्याखे थाप्ने लेण्डुप दोर्जे हरु!
न बोल्छन्  जनता को पक्ष !
न गर्छन सिमाना को रक्षा !

 

बेलगाम दुषित बिचार हरु
परिवार लाई जनता देख्ने
नातागोता लाइ छिमेकी मान्ने
सुसारे हरु लाइ श्रमिक ठान्ने !
आफ्नो आगन लाई देश भन्ने
आफ्नै घेरबार लाई सिमाना ठान्ने
शितल निवास र आइसिसी का ठालुहरु
न फेर्छन देश को शासन !
न मान्छन जनता को कासन!

 

देशलाई बन्धक मा राख्ने,
जनता लाई लिलाम मा राख्ने
मुख मा ताल्चा ठोकेर
चेतना मा प्रतिबन्ध लगाउने
बिचार को बलात्कार गर्ने नाइके हरु
सत्य लाई पर्खाल भित्र कैद गरेर
असत्य को हौवा फैलाउने
अत्यचार का पहरेदार हरु!
न बिझाउछन लाल झुपडी को पीडा !
न रिझाउछन लाल मान्छे हरु को कृडा!

 

देश को सार्बभौमिकता बेच्ने निर्लज्ज बादशाह हरु
दक्षिण को दक्षिणा मा दिदीबहिनी बेच्ने
पश्चिम को पराक्रम मा बेसश्यालय खोल्ने
उत्तर को उत्कण्ठा ले उत्तेजित हुने
पद प्रतिस्ठाको को ब्यापार गर्ने
नैतिकता र आदर्श को मोलमोलाइ गर्ने
अति आदर्श कालाबजारी माफिया हरु
न जुटाउछन श्रमिक को गाँस !
न मेटाउछन सर्बहाराको प्यास !

 

इतिहास को ब्याज ले ब्यबस्था को फरिया सजाउने
जनता लाइ कानुनी सांङ्लो ले बाधेर
स्वाभिमान कुल्चिने कुलीन तानाशाह हरु
रुख को टुप्पो मा बसेर जरा काट्ने
रगत मा लत्पतिएका सुण्डमुसुण्ड हरु
बेलगाम घोडा झै यात्रा मा हिडेका आततायी जथाहरु
न बनाउछन देश को सान!
न बचाउछन मातृभुमी को स्वाभिमान !

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्