निर्मल पौडेल/ ३ जेठ, पर्वत। पर्वत जिल्लामा स्वाब संकलन गरिएका १ सय १ जनाको थ्रोड स्वाबको रिर्पोट नेगेटिभ देखिएको छ। पछिल्लो पटक स्वाब संकलन गरी परीक्षण गरिएका थप ९ जनाको रिर्पोट नेगेटिभ आएसँगै कुल १ सय १ जनाको रिपोर्ट नेगेटिभ आएको हो।
जिल्लामा रहेर सामाजिक सम्पर्कमा रहदै आएका ९ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा रिर्पोट नेगेटिभ आएको पर्वत अस्पतालले जानकारी दिएको छ।
अस्पतालका प्रमूख डाक्टर शिशिर देवकोटाका अनुसार पोखरास्थित स्वास्थ्य निर्देशनालयको क्षेत्रीय प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा उनीहरुको रिर्पोट नेगेटिभ आएको हो। रिपोर्ट नेगेटिभ आउने व्याक्तिहरुको विवरण भने नखुलाइएको पर्वत अस्पतालले जनाएको छ।



लोकपाटी न्यूज

