थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ७३ पुग्यो

coronavirus-test-kiti
लोकपाटी न्यूज

काठमाडौं, ३ जेठ। नेपालमा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बर्दिया, सिराहा, पर्सा, सर्लाही, चितवनका थप ६ जनामा कोरोना संक्रमण देखिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाको नार्खु ११ की २८ वर्षीया महिला, सिराहा सखुवा १९ का ३० वर्षीय पुरुष, सर्लाही रामनगर ४ की १८ वर्षीया महिलामा संक्रमण देखिएको छ।

यस्तै, पर्साको वीरगञ्ज १२ का २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर(४ की १८ वर्षीया महिला र चितवन गढौली १ की २५ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ। योसँगै देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या २ सय ७३ पुगेको छ। अहिलेसम्म ३६ जना निको भएका छन्।

Corona-New-Report-1

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्