‘मित्र सहयोगी देखियो’ (कविता) – रोशनी देवी कार्की

roshani devi karki
लोकपाटी न्यूज

सारा विश्व स्वास्थ्य

संकटमा रहँदा,

उभित्र लाेभ ,पाप हेपाहा

र हडप्ने प्रवृत्ति देखियाे ।

ए कस्ताे नकचराे छिमेकी !

राम्रो छ,फाइदा हुन्छ

भविष्य छ भन्दैमा,

अरुकाे घरभित्रै पसेर मिचेर, थिचेर सम्पत्ति साेहाेर्न

पाईन्छ ,

मरेको माथि मार्न पाइन्छ !

ए मिचाहा, वलियाे छु

शक्ति छ भन्दैमा , छिमेकीकाे छातीमा वुट

बजार्ने।

 

विचार गर् ! तँ भन्दा नि

वलिया र बाङ्ग्रा छिमेकी

धेरै छन् तेराे छाती

च्यातेर लघु पिउने पनि यस

धरतीले जन्माएकी छन्।

वहादुरी ठान्ने नामर्द, अँध्याराेमा लाटाेकाेसेराे झै

साेझाे छिमेकी आमाकाे

बलात्कार गर्ने ।

ताेरी लाउरे छिमेकी

अब संझनु पर्छ तैले,

तेराे भूमि अग्रेजले

निलिसक्दा,

वीर गाेर्खालीले घाँटी छप्काएर जोगाएकाे ।

वैगुनी , नालायक पूर्खाकाे

वहादुरीकाे कथा पढ्ने हाेईन रट अब ।

तेराे गिद्दे नजर फुटाएर

रातमा नदेख्ने बनाइदिने

साहस तेरै अनाजले बनाएकाे छ ।

हामी बाघको डमरू हौं

सिनाे खाने तँ जस्तो कुकुर

नसम्झी जाग नेपाली,

मातृभूमि जाेगाउन उठ नेपाली ।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्