उपेन्द्र न्यौपने/ जुम्ला, २ जेठ। लकडाउनको समयमा जुम्लाका अति बिपन्न ३५ जना अपाङ्गता भएका व्यक्तिलाई राहात बितरण गरिएको छ। सिबिएम नेपालको सहयोगमा आईएनएफ जुम्ला तथा अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रले सञ्चालन गरेको सवलता परियोजना अन्तर्गत दृष्टिविहिन, ह्रीलचेयर र शारीरिक अपाङ्गता भएका अतिअशक्त व्यक्तिहरूलाई २५ केजीको मनसुली चामल, तीन केजी दाल, २,२ लिटर तेल, २ पोका नून र आठ चक्की सानो डिटोल सावुन बितरण गरिएको अपाङ्ग पुनस्थापन तथा विकास केन्द्रले जनाएको छ।
अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रका अनुसार पातारासीमा १३ जना, चन्दननाथमा १४ जना, तातोपानीमा ३ जना, सिञ्जामा एक जना र तिलाका १ जनालाई राहात दिइएको छ। सवलता परियोजना सुपरभाईजर गंगा देवानका अनुसार खाना अभाव भएका ति व्यक्तिहरुको तथ्यांक संकलन गरि स्थानीय वडा कार्यालयको समन्वयमा सहयोग गरिएको हो।
अति आवश्यक व्यक्तिलाई राहात दिएपछि सानो भएपनि राहात गुणस्तरीय र राम्रो भएकोले पातारासी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कालिबहादुर बुढाले धन्यवाद व्यक्त गरे। अध्यक्ष नन्दराज धितालले स्थानीय सरकारले तथ्यांक संकलन गरेर राहात र जिविकोपार्जनमा सहयोग पुरयाउनुपर्नेमा जोड दिए। राहात पाएपछि अपाङ्गता भएका व्यक्तिहरु खुशी भएका छन्।



लोकपाटी न्यूज
