काठमाडौं, १ जेठ। गृह मन्त्रालयले जिल्लाभित्र आवतजावत गर्ने पास पनि खारेज गर्ने भएको छ। ७७ वटै जिल्लामा स्थानीय प्रशासनले जारी गरेका सबै पास ३ जेठदेखि लागू हुनेगरी खारेज गर्ने निर्णय गरेको हो।
मन्त्रालयमा बिहीबार बसेको सुरक्षा निकायका प्रमूखसहितको बैठकले सबै पासहरू खारेज गर्ने निर्णय गरेको हो। ७७ वटै जिल्लामा स्थानीय प्रशासनले जारी गरेका सबै पास ३ जेठदेखि लागू हुनेगरी खारेज गर्ने निर्णय भएको बैठकमा सहभागी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमूख, एसएसपी भीमप्रसाद ढकालले बताए।
जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी यसअघि दिइएका पास सबै रद्द गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमूख, एसएसपी ढकालले जानकारी दिए। एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास भने आजदेखि लागू हुने गरी खारेज भइसकेको छ। अत्यावश्क पास जारी गर्नुपर्ने भएमा गृहमन्त्रालयसँग अनिवार्य स्वीकृत र समन्वय गर्नुपर्ने छ।



लोकपाटी न्यूज

