लकडाउन आजबाट थप कडा

Nepal Lockdown
लोकपाटी न्यूज

काठमाडौं, १ जेठ। सरकारले आईतबारदेखि केहि खुकुलो बनाएको लकडाउन आजबाट थप कडाइ गरेको छ। अर्थतनन्त्रमा प्रभाव परेको भन्दै केहि खुकुलो पारिएको लकडाउनमा उपत्यकामा टाइम कार्ड लागू गरी कर्मचारीहरुको सवारी साधन सञ्चालन गर्न दिएको थियो। लकडाउन खुकुलो भएसंगै संक्रमितको संख्या बढेपछि लकडाउनलाई फेरी कडाईका साथ लागू गरीएको छ। अहिले सडकमा सुरक्षाकर्मीहरुले सवारी चेकजाँचलाई कडाई गरेको देखिन्छ भने बिहीबार उपत्यकाका सडकमा पुग्दा सडकमा मानिसहरुको आवागमन पनि न्यून देखिएको छ। सरकारले जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयबाट जारी हुने पासमा कडाई गरेको हो । यसअघि जारी गरिएका पास सबै रद्द गरिएका छन् । पास विना पनि निश्चित व्यक्ति र सवारी साधनले विना रोकटोक आवागमन गर्न पाउनेछन् ।
कुन कुन सावरीलाई पास चाहिँदैनः

—एम्बुलेन्स, शवबाहन र दमकललाई पास आवश्यक पर्दैन।
—यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरुलाई पास पर्दैन।
—सूचना विभागबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु।
—स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, —अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु,
—औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु।
—खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति।
—फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति।
—ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति।
—अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु।

आज लकडाउनको ५२औं दिन हा गत चैत ११ गतेदेखि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लकडाउन लागु गरीएको थियो । तर उपत्यकाका भित्री सडकहरुमा अत्यावश्य उपभोग खाद्य पसलरु खुलेका छन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आजसम्म २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ। जसमध्ये ३५ जना निको भएका छन भने २ सय ४६ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म २१ हजार ३ सय ६६ पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने ६० हजार ३ सय १९ जनाको आरडीटी परीक्षण भएको छ। अहिले देशभर १४ हजार ३ सय १३ जना क्वारेन्टाइनमा रहेका छन्। गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ। उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्