काठमाडौं, १ जेठ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले डरलाग्दो कोरोना भाइरस सम्बन्धी धारणा बाहिर ल्याएको छ। उसले कोरोना भाइरस कहिल्यै अन्त्य नहुन पनि सक्ने चेतावनी दिएको छ।
डब्ल्यूएचओको आपतकालीन सवाल निर्देशक माइकल रायनले कोरोनाले रूप बदलेर विश्वमा सधैं रहन सक्ने सम्भावना रहेको बताएका छन्। उनले जेनेभामा आयोजित भर्चुअल प्रेस सम्मेलनमा भने, ‘कोरोना क्षेत्रअनुसार रूप बदलेर अर्काे भाइरस बनेर बसिरहन सक्ने देखिन्छ, यो कहिल्यै समाप्त नहुन पनि सक्छ।’
उनले एचआईभी भाइरसको उदाहरण दिदैं भने, ‘जसरी यो अहिलेसम्म निर्मूल हुन सकेको छैन, त्यस्तै कोरोनाले पनि त्यही रुप लिन सक्छ।’ नेपालमा पनि ५१ दिन यता लकडाउनमा सर्वसाधारणमा बसिरहेका छन्। नेपालमा अहिले संक्रमितको संख्या तिन दिन यता ह्वात्तै बढ्न थालेपछि सर्वसाधारण चिन्तामा देखिन थालेका छन्।



लोकपाटी न्यूज

