मंगलबारको राशिफल: कुन-कुन राशिका लागि शुभ छ ?

rasifal-5-2
लोकपाटी न्यूज

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) लाभ, हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पूरा होला। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। पढाइमा प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )  मन भावुक र उत्ताउलो बन्नेछ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। सरकारी निकाएको भयपनि रहला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) रोकिएका काम पुनः सुरु हुन सक्छन्। जोश,जाँगर र उमङ्ग बढ्नेछ। वैदेशिक कार्य अघी बढ्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )  नयाँ कार्यको योजना बन्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज निर्णय कार्यान्वयन हुन सक्दैनन्। आत्मबलमा कमी आउनेछ। मनमा दुविधा उत्पन्न हुनेछ । आज सचेत रहनु होला। प्रेमीको सहयोग पाईनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) मिष्ठान्न भोजनको अवसर मिल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )  नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। अधिक सौन्दर्यतामा धन खर्च हुनेछ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्