समाजमा नकारात्मक गतिविधि फैलाउने सामग्री प्रकाशन- प्रशारणमा रोक

prabat prasasan
लोकपाटी न्यूज

निर्मल पौडेल/ पर्वत, ८ वैशाख। जिल्ला प्रशासन कार्यालय पर्वतले समाजमा बिकृत रुप लिने तथा जनमानसमा नकरात्मकता फैलिने खालका कुनैपनि लेख, रचना, समाचार र तस्वीरहरु प्रकाशन प्रशारणमा रोक लगाउने निणर्य गरेको छ।

लकडाउनको अवधिमा समाजमा सामाजिक मेलमिलाप, सद्धभावसँगै धार्मिक सहिष्णुता भड्किने खालका कुनैपनि लेख रचना तस्वीर, पत्रपत्रिका विद्युतिय सञ्चारमाध्ययम सामाजिक सञ्जाललगायत जुनसुकै माध्यमबाट प्रकाशन तथा प्रशारण नगर्न अनुरोध गरेको हो।

प्रशासनले एक सूचना जारी गर्दै यस्तो अपील गरेको हो। यस्ता किसिमका लेख, रचना, समाचार, सूचना प्रकाशन तथा प्रशारणले समाजमा नकरात्मक प्रभाव पार्ने भएकोले सबैमा यस्तो अपील गरेको हो।

यदि कोही व्यक्ति तथा संस्थाले त्यस्तो हर्कत गरेको पाइएमा आवश्यक कारबाही हुने जनाइएको छ। जिल्लामा सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न भरपुर प्रयास गर्नुका साथै कोरोना भाइरसको जोखिमबाट सजक रहन उच्च सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्