अनेरास्ववियूका नेता रबिन बस्नेतको पहलमा खाद्यान्न सहयोग

piccc
लोकपाटी न्यूज

काठमाडौं, ८ वैशाख। सिन्धुपाल्चोकको त्रिपूरा सुन्दरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुकदेव रिसाल र अनेरास्ववियूका केन्द्रीय सदस्य तथा नेकपाका युवा नेता रबिन बस्नेको पहलमा विद्यार्थी तथा मजदूरलाई राहात बितरण गरिएको छ। कोरोना भाइरस कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका विद्यार्थी तथा मजदूरलाई राहात बितरण गरिएको हो।

लकडाउनको अवधि लम्बिदै गएपछि काठमाडौंमा समस्यामा परेका १ सय जना विद्यार्थी र मजदूरलाई  ४ हजार केजि चामल बितरण गरिएको हो। उपत्यकाबाट घर फर्किन नपाएपछि विद्यार्थी र मजदूर समस्यामा परेको भन्दै उनीहरुको घरमा पुगि शारीरिक दूरी कायम गरी राहत बितरण गरिएको नेता बस्नेत ले जानकारी दिए।

उपत्यकामा रहेका नागरिकलाई नआत्तिनकन सुरक्षित बस्न वडाध्यक्ष रिसालले आग्रह गरे। संकटको अवस्थामा जनप्रतिनिधिले जनताको सेवा गर्ने मौका पाएकोमा आफूले सकेको सहयोग गर्ने वडाध्यक्ष रिसालले बताए। चामल बितरण तथा व्यवस्थापनमा धुस्कुनका औषधि व्यवसायी नकुल नेपाल, देबराज बस्नेत, यज्ञराज डोटेल, सवारी चालक रनम तामाङले लगायतको सहयोग रहेको थियो। राहत पाएपछि विद्यार्थी तथा मजदूर खुसी हुँदै धन्यवाद दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्