बाजुरामा र्‍यापिड टेष्टमा पोजेटिभ देखिएकाको स्वाब परीक्षणका लागि धनगढी पठाइदै

corona test
लोकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, ८ वैशाख। र्‍यापिड टेष्ट गर्दा पोजेटिभ देखिएका बाजुरा त्रिवेणी नगरपालिक वडा न.९ का दुबै जनाको स्वाब परिक्षणका लागि धनगढी पठाइने भएको छ। दोस्रो पटक परिक्षण गर्दा २२ वर्षका युवकको रिपोट नेगेटिभ देखिएपनि दुबै जनाको स्वाब परिक्षणका लागि धनगढी पठाउने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

६० वर्षका व्यक्तिको दोस्रो पटक पनि पोजेटिभ देखिएको छ। भने २२ वर्षका युवको पहिलो पटक पोजेटिभ र दोस्रो पटक नेगेटिभ देखिएको थियो। दुबै जना गएको चैत्र २ गते भारतबाट आएका हुन्। ६० वर्षका व्यक्ति भने उपचारका लागि भारतको दिल्ली गएर फर्किएका हुन्।

र्‍यापिट टेष्टमा आशंका देखिएकोले स्वाब धनगढी पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालय प्रमूख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए। र्‍यापिट टेष्टमा पोजेटिभ देखिएका ६० वर्षका व्यक्तिलाई जिल्ला अस्पताल बाजुरामा राखिएको छ भने २२ वर्षका युवकलाई तोली स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्