पर्वतमा ठूलो असिना पानी, लाखौंको बालीनालीमा क्षति

Asina pani
लोकपाटी न्यूज

निर्मल पौडेल/ पर्वत, ७ वैशाख। आइतबार आएको ठूलो असिना पानीले पर्वतमा लाखौँको तरकारी तथा फलफूल खेतिमा क्षति पुर्‍याएको छ। साँझ ५ बजेपछि हावाहुरीसहित आएको पानीले फलेवास क्षेत्रमा ठूलो क्षति पुर्‍याएको हो। असिना पानीका कारण आँप, लिचि, सुन्तला, कागती, वन्दा, काउलीलगायतका तरकारी बालिमा क्षती पुर्‍याएको हो।

यसैगरी भित्राउने बेला भएको गहुँ बाली र मकैमा समेत नराम्रो क्षती पुर्‍याएको छ। फलेवास नगरपालिकाको वडा नम्बर ७ लिमिठानामा धरै मात्रमा क्षती पुर्‍याएको वडाध्यक्ष हरिराम रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार वडामा लगाइएका आँप सुन्तला, केरा, लिचि कागती, र अन्य भित्राउने बेलाको गहुँ बालिमा ठूलो क्षती भएको भएको छ।

लगातार आएको असिना पानी पहिले खोलो जस्तै भएर बगेको र पछि ५ इञ्चसम्म असिना जमेको आँटि घरका भुवानी प्रसाद पौडेलले जानकारी दिए। फलेवासका अन्य ठाउँहरु कुर्घा, पाङराङ, ठानामौला, देविस्थान, खानिगाउँ, शंकर पोखरीमा पनि ठूलो मात्रामा असिना पानी आएको स्थानीयले जानकारी दिए।

लगातार आधा घण्टा जति परेको असिना र पानीले गर्दा किसानहरुलाई निकै समस्यामा पारेको छ। असिना पानीले तरकारी फलफूल तथा खाद्यान्न बालीमा ठूलो क्षती भएको खबर आए पनि क्षतीको सम्पुर्ण विवरण आइ नसकेको कृषि ज्ञान केन्द्र पर्वत ,बाग्लुङका प्रमूख वासुदेव रेग्मीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्