स्याङ्जा, ७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैरे (पारस) ले लकडाउनका कारण समस्यामा परेकाहरुलाई तीन वटै सरकारले राहत प्याकेजको सहि प्रयोगबाट समस्या समाधानको बाटोमा लाग्न सबै पक्ष संयम र सहयोगी बन्नुपर्ने बताएका छन्। सरकारले जारी गरेको लकडाउनका कारण ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिक, बिपन्न परिवार मर्कामा परेको भन्दै अध्यक्ष गैरेले यस्तो बताएका हुन्।
आइतबार अध्यक्ष गैरेले एक विज्ञप्ति जारी गर्दै लकडाउनका कारण मजदुर, बिपन्न परिवार र पैदल यात्रुले भोग्नु परेको कठिनाईलाई वैज्ञानिक व्यवस्थापनमा लाग्न सरोकारवाला निकायसँग अपील गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘मृतक सम्पूर्ण एवं विशेषत नेपाली मूलका नागरीकहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। संक्रमितहरु स्वास्थ्य लाभ गरी फर्किन सक्नुहोस् भन्ने कामना गर्दछु।’
त्यस्तै विज्ञप्तिमार्फत् सिमित पूर्वाधार, स्वास्थ सामग्री, तथा उपकरणका कमिको बाबजुद पनि यस संक्रमण फैलिन नदिन माहामारीविरुद्धको लडाईमा अग्रपंक्ति रहेर अहोरात्र खटाइएको भन्दै जिल्ला विपत व्यवस्थापन समितिका प्रमूख, प्रमूख जिल्ला अधिकारी, नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक, स्वास्थकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारीहरुलाईत उच्च सम्मान प्रकट गरिएको छ। ‘यो संकटको घडिमा संघीय मन्त्री माननिय पद्मा अर्यालज्यूबाट समग्र जिल्लालाई अभिभावकत्व प्रदान भैरहको छ, माननिय मन्त्रीसहित संघीय माननियज्यूहरु, प्रदेश मानननियज्यूहरुले खेलेको भुमिकाप्रति उच्च सम्मान व्यक्त गर्दछु।’
अध्यक्ष गैरेले विज्ञप्तिमार्फत् जिल्लाका सवै स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्था र स्थानीय समुदायहरुको क्रियाशिलता उल्लेखनिय रहेको भन्दै आभार प्रकट गरेका छन्। ‘गण्डकी प्रदेशका माननिय मुख्य मन्त्रिको जिल्ला अनुगमन, निरिक्षण, निर्देशनले स्याङ्गजाबासीमा हौंसल्ला प्राप्त भएको छ। म माननिय मुख्यमन्त्रिलाई हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छु।’ विज्ञप्तिमार्फत् गैरेले भनेका छन्। कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समन्वय समिति, स्याङ्गजा, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, स्वास्थकर्मी, रेडक्रस, उद्योग वाणिज्य संघ, चेम्बर अफ कर्मश, सहकारीकर्मी, सामाजिक संघ संस्था,नीजि क्षेत्र र आमजन समुदायको संयुक्त पहलमा जिल्लामा कोरोना संकट व्यवस्थापन भैरहेको गैरेले बताए। जिल्लास्थित कमाण्ड पोष्ट सबै खाले पूर्व तयारीका साथ संक्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा रहेको सूचना प्राप्त भएकाले जनसमुदायहरुमा विस्वस्त हुन आग्रह गरिएको छ।
उक्त जारी विज्ञप्तिमा जिल्ला स्थित विपत व्यवस्थापन समितिलाई जन जीवनलाई सहजपार्न अत्याआवश्यक वस्तु आपूर्ति व्यवस्थापन गर्ने, सुरक्षा प्रबन्ध थप व्यवस्थापन गर्ने र कोरोना संक्रमण फैलिन नदिन विशेष रणनिति तय गर्न अध्यक्ष गरैले विशेष अनुरोध गरेका छन्। आउने १५ दिन सायद स्याङ्जाका लागि थप चुनौति उच्चजोखिमपूर्ण रहेकाले माहामारीको संक्रमण फैलिन नदिन सवैको सारा प्रयास केन्द्रीत हुन जरुरी रहको विज्ञप्तिमार्फत् गैरेले बताएका छन्। कोरोनाविरुद्धको युद्धमा व्यक्तिगत दूरी सबैभन्दा उपयुक्त हतियार भएको उनको भनाइ छ। व्यक्तिगत दूरीको लागि लकडाउन विकल्पको माध्यम भएको र बाँकी अवधिको लकडाउन जतीसुकै कष्टकर भएपनि हरतरहले सफल पार्न स्याङ्गजाबासी समुदायप्रति धैर्यताका साथ एकजुट भई लकडाउनलाई थप पूर्ण प्रभावकारी कार्यान्वयनमा जुट्न अध्यक्ष गैरेले अपील गरेका छन्।




लोकपाटी न्यूज

