अर्जुनचौपारी काठमाडौं समाजद्वारा गाउँपालिकालाई थर्मल गन सहयोग

pc
लोकपाटी न्यूज

काठमाडौं, ७ वैशाख। अर्जुनचौपारी काठमाडौं समाजले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको आकस्मिक कोषमा सहयोग गरेको छ। समाजले कोरोना संक्रमण रोकथाम, उपचार र राहत बितरणको लागि अर्जुनचौपारी गाउँपालिकाको आकस्मिक कोषमा सहयोग गरेको हो।

गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा थर्मल गनको अभाव भएपछि समाजले गाउँपालिकालाई थर्मल गन सहयोग गरेको हो। समाजका कोषाध्यक्ष नवीन पौडेलको नेतृत्वमा आज गाउँपालिकालाई २ थान थर्मल गन हस्तान्तरण गरिएको हो।

अर्जुनचौपारी काठमाडौं समाजले काठमाडौंमा रहेका अर्जुनचौपारी गाउँपालिकासँग सम्बन्धित व्यक्ति समस्यामा परेको भए समाजलाई सम्पर्क गर्न समेत अपील गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्