राहत लुटपाट गर्ने ५ जना प्रहरी नियन्त्रणमा

लोकपाटी न्यूज

पर्सा, ७ बैशाख। राहत लुटपाट गरेको अभियोगमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्सागढी नगरपालिका ५ पचरुखी टोलस्थित राहत वितरण गर्ने स्थानमा राहत वितरण गर्ने व्यक्तिमाथि हातपात गरी राहत सामग्री लुटपाट गरेको अभियोगमा उनिहरु पक्राउ परेका हुन।

पक्राउ पर्नेहरुमा सोही टोल बस्नेहरु २८ वर्षीय श्याम कुमार शर्मा, १८ वर्षीय सम्सुल हवारी, २२ वर्षीय चन्र्रकिशोर साह, ४० वर्षीय चन्द्रिका पटेल र ५५ वर्षीय दर्शन रायभर रहेका छन् । ज्याता मजदुरी गर्ने मानिसहरुलाई राहात वितरण गर्ने क्रममा राहत बाँड्ने व्यक्तिमाथि हातपात गर्न थालेपछि उनिहरुलाई नियन्त्रण लिइएको हो । प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्