ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

सोलुखुम्बु, ७ बैशाख। सेवामा खटिएका प्रहरी हवल्दारको आज मृत्यु भएको छ । अस्थायी प्रहरीचौकी दोर्पुका इञ्चार्ज शिवप्रसाद भट्टराईको बिहान करीब ३ बजे काममा खटिएकै बेला मृत्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्दइवा लिम्बूले जानकारी दिए।

लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लगिएकामा बेहोश हुँदाहुँदै मृत्यु भएको हो। भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ वर्षीय भट्टराईका श्रीमती तथा दुई छोरा र एक छोरी छन्। अहिले उनको शव घर पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्