काठमाडौं, ६ वैशाख। चिकित्सक डा. शेरबहादुर पुनलाई सरकारले स्पष्टीकरण सोधेपछि सामाजिक सञ्जालमा आलोचना भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोनाका सम्बन्धमा मर्यादा विपरित काम गरेको भन्दै डा. पुनसँग स्पष्टीकरण मागेको छ।
मन्त्रालयले डा. पुनले कोरोनाका विषयमा जथाभावी अभिव्यक्ति दिनुका साथै संक्रमितको फोन नम्बर लिक गरेको आरोप मन्त्रालयले लगाएको छ। मौखिक रुपमा मन्त्रालय बोलाउँदा नआएपछि पत्र नै काटेर बोलाउनु परेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको प्रशासन शाखाका प्रमूख रघुराम विष्टले केही अस्पष्ट विषयमा बुझ्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्टमार्फत् दुई पटक बोलाउँदा पनि नआएकाले चिठ्ठी लेख्नु परेको सञ्चारमाध्यमलाई बताएका छन्।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत पुनलाई यसरी मन्त्रालयमा बोलाइएकोमा सामाजिक सञ्जालमा भने सरकारको तीब्र आलोचना भएको छ। धेरैले प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीको चर्को आलोचना गरेका छन्।



लोकपाटी न्यूज

