बागलुङ, ६ वैशाख। बागलुङकी कोरोना संक्रमित महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको छ। अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि भोलि (आइतबार) उनलाई डिस्चार्ज गरिने भएको छ।
पहिलो नेगेटिभ रिपोर्ट आएको २४ घण्टापछि गरिएको दोस्रो परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गर्ने भएको हो।
शनिबार राष्ट्रिय प्रयोगशालामा गरिएको अन्तिम परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए। आजमात्रै काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालबाट अर्की १९ वर्षीया युवती पनि निको भएर डिस्चार्ज भएकी छन्।



लोकपाटी न्यूज

