र्‍यापिड टेष्ट प्रतिराेध क्षमता नाप्न सकिँदैन : डब्लुएचओ

w
लोकपाटी न्यूज

एजेन्सी । विश्व स्वास्थ्य संगठनले हाम्रो शरीरमा कोरोनासँग लड्न सक्ने क्षमता रगतमा भएको एन्टिबडी परीक्षणले निर्धारण गर्ने वा नगर्ने विषयमा कुनै प्रमाण नभएको जनाएको छ। अहिलेसम्मको अवस्थामा कसैले पनि प्रतिरक्षात्मक क्षमताको विकास गरेको संकेत समेत प्राप्त नभएको शुक्रबार संगठनका कार्यकारी निर्देशक डा. माइक र्‍यानले बताएका छन्।

‘अझै पनि केही आश भने छ। हाम्रो समाजमा अधिकांश मानिसमा पहिलेदेखि नै पर्याप्त मात्रामा एन्टिबडी छ भने प्रतिरक्षात्मक क्षमता अभिवृद्धि गर्न सकिने सम्भावना हुन्छ। त्यसैले यस्ता असम्भवप्रायः कुरालाई विभिन्न देशका सरकारहरू सम्भव पार्न खटिइरहेका छन्’ उनले भने।

निको भएका संक्रमितहरू जसलाई फेरि परीक्षण गर्दा कोरोनाको संक्रमण देखिएको छ। उनीहरूको शरीरमा भएको एन्टिबडीले कसरी काम गरिरहेको छ भन्ने विषयमा अझ चासो बढाएको छ। विभिन्न वैज्ञानिक भने जसमा पुनः कोरोना संक्रमण देखिएको। उनीहरूबाट उक्त भाइरस अरूमा सर्ने वा नसर्ने भन्ने विषयमा भन्ने अन्यौल रहेको बताउँछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्