चितवनमा आमा छोरामा कोरोना भएको पुष्टि

coronavirus_blood_test
लोकपाटी न्यूज

चितवन, ५ वैशाख । चितवनमा दुई जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि दुई जनाकै कोरोना पोजिटिभ देखिएको हो। पूर्वि चितवनको राप्ती नगरपालिकाका आमा र छोरालाई कोरोना पोजिटिभ देखिएको हो।

यसअघि भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालाले ती दुई जनाको बिहीबार राती कोरोना पोजिटिभ भएको नतिजा दिएको थियो। त्यसपछि राती नै पुनः परीक्षणका लागि स्वाब काठमाडौं पठाइएको थियो।

ती कोरोना संक्रमित आमा र छोरा अहिले भरतपुर अस्पतालको आइसोलसन कक्षमा उपचाररत छन्। र्‍यापिड टेस्टको क्रममा शंकास्पद देखिएपछि दुई जनासहित परिवारका अर्का एक व्यक्तिलाई भरतपुर ल्याइएको थियो।

उनीहरुको बिहीबार स्वाब संकलन गरी भरतपुरमा परीक्षण गरिएको थियो। कोरोना संक्रमित दुवै जनाको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्