कोरोना नियन्त्रणको लागि दिर्घकालिन योजना बनाउनु पर्छ : मन्त्री बराल

baral
लोकपाटी न्यूज

बुटवल, ५ बैशाख। कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्वन्धी प्रदेश नम्बर ५ का जिल्लाहरुको स्थलगत अध्ययन गरी फर्किएका संघीय सरकारले खटाएका प्रतिनिधीहरुसँग सामाजिक विकास मन्त्रालयमा छलफल गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिएका डा. रमेश खरेलले जिल्लाका अस्पतालहरुको अवस्थाको विषयमा रिपोर्ट प्रस्तुत गरेका थिए।

छलफलमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना भाइरस नियन्त्रणको लागि दिर्घकालिन योजना बनाएर जानु पर्ने बताएका थिए। उनले संघीय सरकारले त्यसको संयोजन तथा सहजीकरण गर्नु पर्ने बताए क्रिटिकल केयरको लागि पहिलो चरणमा ४ वटा कोरोना स्पेशल अस्पताल स्थापना गरिएको तथा दोश्रो चरणमा प्रादेशिक अस्पतालहरु र तेश्रो चरणमा प्रदेशका मेडिकल कलेजका अस्पतालहरुलाई डेडिकेटेड अस्पतालको रुपमा रुपान्तरण गर्न तयारी गरिएको जानकारी दिए।

मन्त्रालयका सचिव डा. गोपिकृष्ण खनालले संघीय सरकारले रकम पठाएपनि खर्च गर्न नसकिने अवस्थामा रहेको बताए।विशेष परिस्थितिमा खरिद सम्वन्धी ऐनमा केही सहजीकरण गर्नु पर्ने आवश्यकता रहेको भन्दै उनले संघीय सरकारले विशेष परिस्थितीमा केही सहज गरिदिनु पर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्