राजेन्द्र बिक/ बाजुरा, ५ बैशाख। कोरोना संक्रमणविरुद्ध खटिरहेका कर्मचारीलाई बाजुराको हिमाली गाउँपालिकाले १० लाख बराबरको विमा सुविधा दिने निर्णय गरेको छ। प्रति दिन ५ सय रुपैया थप सुविधा दिइरहेको हिमाली गाउँपालिकाले थप १० लाखको विमा सहुलियत दिने निर्णय गरेको हो।
सरकारले दिने भनेको २५ लाख र प्रदेश सरकारले दिने भनेको थप १५ लाखमा थप गाउँपालिकाले १० लाख थपेर ५० लाख बनाएको गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले बताए। मानवको सुरक्षाका लागि खटिएका योद्धा कर्मचारीलाई हौसला प्रदान गर्न थप सुविधा र विमा गर्ने निर्णय गरिएको अध्यक्ष मल्लले बताए।
गाउँपालिकामा बसेको विपद व्यवस्थापन तथा नोबेल कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समितिको बैठकले उक्त निर्णय गरेको हो। यो निर्णयले स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल बढाउने सरोकारवालाको भनाइ छ।



लोकपाटी न्यूज

