काठमाडौं, ५ बैशाख। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले सरकार निमुखाको पिढामा दर्शकमात्रै भएको आरोप लगाएका छन। काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नुहदा सयौं किलोमीटर पैदल हिंडेर घर गइरहेको बताउदै उनले सरकार निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएको बताएका हुन।
शुक्रबार दिउँसो समाजिक सञ्जाल ट्वीटरमा ट्विट गदै उनले यो विपदको अवस्थामा सरकारको भरथेग सबैभन्दा बढि तिनै निमुखा जनतामाथि हुनुपर्ने पनि बताएका छन। राजधानीबाट घर जानेलाई तत्काल गाँसवासको प्रवन्ध गरी सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन उनले सरकारसँग माग पनि गरेका छन। त्यस्तै उनले आफ्ना कार्यकर्तालाई लकडाउनका कारण काठमाडौंबाट पैदल हिडेर आउदै गरेका नागरीकहरुलाई खाना तथा बासको प्रबन्ध गर्न पनि अनुरोध गरेका छन । उनले भनेका छन्, ‘लकडाउनको कारण काठमाडौं लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिडेर घर गइरहेका नागरिकहरुलाई नेपाली कांग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा सुवेच्छुक संस्थाले सामाजिक दुरी कायम गरी आआफ्नो क्षेत्रमा खाना र राती भए वासको प्रवन्ध मिलाउन आग्रह गर्दछु।’



लोकपाटी न्यूज

