काठमाडौं, ५ बैशाख। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ? भन्दै सरकारलाई प्रश्न गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गदै प्रवक्ता विश्वप्रकाश शर्माले कोरानाले बच्ने,भोकले मर्ने ?सरकार! भन्दै प्रश्न गरेका हुन।
‘निश्चयनै भावनामा बगेर बोल्ने बेला यो होइन, तर कोठा भित्र छट्पटीएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि यो होइन,’ शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्। सयौं किलोमीटर पैदल हिंडेर नागरिक घर गइरहेका उल्लेख गर्दै विज्ञप्तीमा प्रतिकूलतामा नागरिकलाई राज्यको भरथेग चाहिने बताउदै पर्याप्त राहत पु¥याउन या अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पु¥याउने प्रबन्ध मिलाउन नेपाल सरकार समक्ष विज्ञप्तीमा सरकारसंग माग गरीएको छ। । ‘सरकारले जिम्मेवारी एवं जवाफदेहिताको गति बढाउन नसक्ने हो भने मुलुकमा भयावह स्थिति उत्पन्न हुन लागेको चेतावनीपनि दिन चाहन्छौं,’ शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्।



लोकपाटी न्यूज

