काठमाडौं, ५ बैशाख। भारतको गृह मन्त्रालयले सार्वजनिक स्थानमा थुक्नु प्रतिबन्ध लगाएको छ। मन्त्रालयले भनेको छ, सार्वजनिक स्थानमा थुक्दा कोरोना भाइरस संक्रमणको जोखिम बढ्छ।यद्यपि यो आदेश भन्दा धेरै अघि भारतका विभिन्न शहरहरूका नगरपालिकाहरूले कानून बनाएर सार्वजनिक स्थानमा थुक्न प्रतिबन्धित गरेका थिए।
तर त्यतिबेला मानिसहरूले यसलाई गम्भीरताका साथ लिएनन् र यो नियम कार्यान्वयन हुन सकेन । तर अब गृह मन्त्रालयले केन्द्रीय ऐन अन्तर्गत प्रतिबन्ध लगाएको छ। यसको प्रभाव छिटै देख्न सकिने विश्वास गरिएको छ। धेरै राज्यहरूले सार्वजनिक स्थानमा थुक्नेहरुलाई जरिवाना लगाएको छन्। यदि कसैले मुम्बईमा सार्वजनिक ठाउँमा थुक्दै गरेको अवस्थामा पक्राऊ पर्यो भने उसले एक हजार रुपैयाँ जरिवाना तिर्नु पर्छ। तर राजधानी दिल्लीमा दुई हजार रुपैयाँ जरिवाना राखिएको छ।



लोकपाटी न्यूज