कालोबजारी गर्ने शंकर ग्रुपका सुलभ अग्रवाललाई बचाउन शक्तिकेन्द्र सकृय

sulav agrawal
लोकपाटी न्यूज

काठमाडौं, ५ बैशाख। कालोबजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई बचाउन चलखेल सुरु भएको छ। लामो समयदेखि सरकारी निकायको आँखा छल्दै र मिलेमतोमा कालोबजारीमा संलग्न हुँदै आइरहेका अग्रवाल प्रहरी फन्दामा परे पनि उनलाई बचाउन शक्तिकेन्द्र लागिरहेको सरकारी अधिकारीले बताएका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले उनलाई ३ हजार ५ सय रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बिक्री गर्दै गरिरहेको अवस्थामा २५ चैतमा रंगेहात पक्राउ गरी नियन्त्रणमा लिएको थियो।अग्रवाल यसअघि नक्कली भ्याट प्रकरणमा समेत मुछिएका थिए। पटक–पटक गैरकानुनी क्रियाकलापमा संलग्न रहँदै आएको शंकर ग्रुप भ्याट छली, कबाडी सामानबाट गुणस्तरहीन रड उत्पादन गर्ने, डेडिकेटेड फिडरलाइनमा अनियमिततालगायत प्रकरणमा जोडिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्