विरगञ्ज, ४ बैशाख। विरगञ्जमा रहेको गण्डक हस्पिटल प्रालि ले निःशुल्क रुपमा कोरोना भाइरस कोभिड-१९ अस्पताल सञ्चालन गर्नका लागि विरगञ्ज महानगरपालिकालाई प्रस्ताव पेश गरेको छ। विरगञ्ज महानगरपालिकालाई गण्डक हस्पिटलका प्रमूख कार्यकारी अधिकृत मुजतबा अंसारीले बिहीबार एक प्रस्ताव पेश गरेका हुन्।
विरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित भवन र अस्पताल भवनमा रहेका सम्पूर्ण स्वास्थ्य सामग्री तथा उपकरण महानगरपालिकालाई निःशुल्क उपलब्ध गराइने प्रस्तावमा जनाइएको छ। अस्पतालमा प्रयोग भइरहेका सम्पूर्ण उपकरणहरु महानगरपालिकालाई उपलब्ध गराएबापत अस्पतालले कुनै पनि किसीमको भाडा नलिइ व्यवस्थापन तथा सञ्चालनका लागि महानगरपालिकालाई हस्तान्तरण गर्न तयार रहेको प्रस्तावमा उल्लेख गरिएको छ।
विरगञ्ज महानरपालिकाले बैशाख २ गते कोरोना भाइरस केभिड-१९ बाट संक्रमित भएका बिरामीको उपचार गर्नका लागि अस्थाई रुपमा कोभिड-१९ अस्पताल सञ्चालन गर्नुपर्ने भएको भन्दै कोभिड-१९ अस्पताल सञ्चालन गर्न दिन इच्छुक नीजि अस्पतालले तीन दिनभित्र प्रस्ताव पेश गर्न सूचना प्रकाशित गरेको थियो।




लोकपाटी न्यूज

