डाक्टरहरुलाई कुटपिट गर्ने डिएसपीलाई जिम्मेवारीबाट हटाइयो

nepal-police-cap
लोकपाटी न्यूज

काठमाडौं, ४ बैशाख। डाक्टरहरूलाइ कुटपिट गर्ने डिएसपीलाइ जिम्मेवारीबाट हटाइएको छ। त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरहरूलाइ कुटपिट गरेका डिएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको हो। उनलाई महाराजगञ्ज वृत्तको प्रमुखबाट हटाएर महानगरीय प्रहरी कार्यालयमा तानिएको छ।

उनिसंगै डाक्टरहरुलाई पिट्ने  प्रहरीहरुमाथी थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ।बुधबार ड्युटी सकेर निवासमा फर्किँदै गर्दा तीन जना चिकित्सकलाई प्रहरीले हातपात र लाठीचार्ज गरेको थियो। उनिहरुलाई कान्ति बाल अस्पतालको पछाडिपट्टी आरालोमा प्रहरीहरुले हातपात र लाठीचार्ज गरेका थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्