काठमाडौं। विश्व यतिबेला कोरोनाभाइरस (कोभिड–१९) को महामारीमा छ। चीनको बुहानबाटै भाइरसको संक्रमण देखिएका कारण चीन कोरोनाबाट संक्रमित हुने सबैभन्दा पहिलो देश हो। चीनले कोरोनाविरुद्ध चार महिना लामो संघर्ष गरिरहेको छ।
कोरोनाबाट संक्रमित भएपछि चीनको अर्थतन्त्र पनि नराम्रोसँग प्रभावित भएको छ। ७६ दिन लकडाउनपछि बुहान सामान्य जीवनमा फर्किने कोशिसमा छ। चीन आफै पनि विश्वको सबैभन्दा ठूलो कृषिप्रधान मुलूक भएकाले कोरोनाबाट कृषि क्षेत्र पनि नराम्रोसँग प्रभावित छ।
कोरोनाबाट कृषि क्षेत्र प्रभावित हुने भएपछि चिनियाँ वैज्ञानिकहरुले मोवाइल एपबाटै खेती गर्न सकिने प्रविधिको विकास गरेका छन्। उक्त प्रविधिअनुसार अब किसानले घरमै बसेर खेतबारीमा ट्याक्टर कुदाउन, खनजोत र गोडमेल गर्न, बिउ छर्न र पाकेको अन्नबाली भित्राउन सक्नेछन्। यसले चीनको कृषि प्रणालीमा पुनर्जीवन भर्न सकिने चिनियाँ वैज्ञानिकहरुको विश्वास छ।
नेपााल पनि कृषिप्रधान मुलूक हो। तर, कृषि क्षेत्रमा नेपाल दिनप्रतिदिन पराश्रित बन्दै गएको छ। व्यापार घाटाको ठूलो हिस्सा कृषिजन्य वस्तुको आयातले ओगटेको छ। लकडाउनपछि गाउँ गएकाहरु पनि योजनावद्ध कृषि कर्ममा खटिरहेका छैनन्। यसले भविष्यमा खाद्यसंकट निम्त्याउने खतरा बढ्दै गएको छ।
हामीले चीनले जस्तै एपबाट तत्काल खेती गर्न नसकौंला। तर, प्रविधिको प्रयोगमार्फत् खेती गर्ने कार्यलाई भने तत्काल अघि बढाउन सकिन्छ। एपबाटै खेती लगाउने यो तरीका शहरका केही ठाउँमा तत्काल सम्भव पनि देखिन्छ। हामीले पनि चीनबाट किन नसिक्ने ?
हेरौं यो भिडियो।
चीनको शान तौङ्गको खेती जमिनमा पनि स्वचालित ट्रयाक्टर प्रयोग गरिएको छ। किसानले मोवाइल फोनमा रहेको एप गरेर प्रत्यक्ष समयमा आफ्नो जमिनको अवस्था हेर्न सक्छन्। सजिलैसँग स्वचालित ट्रयाक्टरले खेतीको काम पूरा गर्न सक्छ।
Posted by CRI Nepali Service on Wednesday, March 4, 2020



लोकपाटी न्यूज

