काठमाडौं, ४ बैशाख। कोरोना भाइरसको संक्रमणबाट एक गर्भवती नर्सको मृत्यु भएको छ। बेलायतकी उत्त नर्सबाट चिकित्सकहरुले बच्चा शल्यक्रियामार्फत जीवितै निकाल्न सफल भएका छन्। मेरी एगुवा एग्योपोङ नाम गरेकी २८ वर्षिया नर्सको मृत्यु भएपछि उनीबाट जन्मिएका शिशु एकदमै राम्रो अवस्थामा रहेको अस्पतालकी प्रवक्ताले बताएकी छन्।
उनले थप जानकारी दिन भने चाहिनन्। उनलाई ७ अप्रिलमा उपचारका लागि भर्ना गरिएको थियो। मृतक नर्स मेरीका श्रीमान समेत कोरोना भाइरस संक्रमणका कारण आइसोलेसनमा रहेका छन्। मेरी लुटन एण्ड डनस्टेबल युनिभर्सिटी हस्पिटलमा पाँच वर्षदेखि कार्यरत थिइन्।



लोकपाटी न्यूज

