काठमाडौं, ३ बैशाख। भारतका सवै जिल्लाहरुलाई तीनस्तरमा वर्गीकरण गरिने भएको छ। कोरोना भाइरसको संक्रमणको अवस्थाका आधारमा सवै जिल्लाहरुलाई तीनस्तरमा वर्गीकरण गरिने भएको हो।
केन्द्रीय सरकारले बुधबार दिएको जानकारीअनुसार कोरोना विरुद्धको लडाईलाई थप प्रभावकारी, व्यवस्थित र चुस्त बनाउन जिल्लाहरुलाई वर्गीकरण गर्न लागिएको हो। केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले पत्रकार सम्मेलनमा बोल्दै सवै जिल्लालाई तीनस्तरमा विभाजन गर्न लागिएको जानकारी दिए।
उनका अनुसार उच्च खोजिमपूर्ण जिल्ला, संक्रमित भएपनि धेरै जोखिममा नरहेका जिल्ला र सुरक्षित जिल्ला गरी तीनस्तरमा जिल्लाहरुलाई विभाजन गर्न लागिएको हो। केन्द्रीय सरकारको तर्फबाट जिल्ला तथा नगरस्तरका अधिकारीहरुसँगको छलफलका क्रममा पनि यस बारेमा जानकारी गराइएको उनले बताए।



लोकपाटी न्यूज

