चितवनका दुईमा र्‍यापिड टेस्टमा देखियो कोराना पोजिटिभ

coronavirus_blood_test
लोकपाटी न्यूज

चितवन, ३ बैशाख। चितवनमा गरिएको र्‍यापिड टेस्टमा दुई जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ। राप्ती नगरपालिका वडा नम्बर ८ निवासी एक महिलाको आज गरिएको र्‍यापिड टेस्टमा एन्टिबडी रियाक्टिभ देखिएको हो भने रत्ननगर १२ का एक पुरुषमा पनि एन्टिबडी रियाक्टिभ देखिएको हो।

४७ वर्षीय पुरुष करिब एक महिनाअगाडि दक्षिण कोरियाबाट आएका हुन्। चैत ५ गते लण्डनबाट हङकङ हुदैँ नेपाल आएकी महिलामा रियाक्टिभ देखिएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख सुरेश न्यौपानेले जानकारी दिए।उनीहरुलाई थप परीक्षणको लागि भरतपुर कोरोना बिशेष अस्थायी अस्पताल पठाइएको छ। महिलासँगै विदेशबाट नेपालआएका दुई छोरामा नन रियाक्टिभ देखिएता पनि तिनैजनालाई परिक्षणको लागि भरतपुर पठाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्