पोखरा, ३ बैशाख। पोखरामा र्यापिड टेस्ट गर्दा एक महिलामा पोजेटिभ देखिएको छ। ५५ वर्षीया महिलामा ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्दा पोजेटिभ देखिएको हो।
पोखरा महानगरपालिका १२, ढिकालेथरकी ती महिलाको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको महानगरका स्वास्थ्य महाशाखा प्रमूख हेमन्त शर्माले जानकारी दिए ।
‘उनी २७ दिनअघि मात्रै दुबईबाट फर्किएका हुन्। उनको रिटेस्टका लागि स्वाब कलेक्सन गरेर पठाइएको छ। प्रयोगशाला परीक्षणको नतिजा बिहीबार आउने महानगरका स्वास्थ्य महाशाखा प्रमूख शर्माले जानकारी दिए । पोखरा महानगरपालिकाको १० र १२ वडाका ३४ जनाको नमूना आरडीटी विधिबाट परीक्षण गर्दा ती महिलाको नतिजा पोजेटिभ देखिएको हो।



लोकपाटी न्यूज

