काठमाडौं, ३ बैशाख। सेल्फ क्वारेन्टाइनमा बस्न नमान्ने एक जनाले ६ महिना कारावासको सजाए पाएका छन । उनलाई क्वारेन्टाइनको नियम उल्लंघन गरेमा उक्त सजाय दिइएको हो। पश्चिमि अष्ट्रेलियाको एक कोर्टले सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको ब्यक्ति विभिन्न कार्यक्रममा सहभागी भएको देखेपछि जेल सजाय तोकेको हो।
जोनाथन डेभिड नामक पुरुषलाई उत्त सजाय दिइएको हो। क्वारेन्टाइनमा बस्न दिएको निर्देशन अवज्ञा गरेको भन्दै उनलाई कोर्टले ६ महिना १४ दिनको कारावास सजाय सुनाएको छ। सिएनएनका अनुसार भिक्टोरिया स्टेटबाट मार्च २८ मा आएका थिए। उनलाई १४ दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको थियो। तर आदेश नमानी उनि बाहिर घुम्न निश्किएको पाइएपछि सरकारी आदेश उल्लंघन गरेको भन्दै मुद्दा दायर भएको थियो । उनलाई प्रहरीले ५ अप्रिलमा नियन्त्रणमा लिएको थियो। उनले प्रहरीसँगको बयानमा रेल चढेर प्रेमिका भेट्न गएको बताएका थिए।



लोकपाटी न्यूज

